नियम १७
आनुषङ्गिक सुधार र प्रमाणित
(१) नियम १६ बमोजिम संयुक्त बैठकबाट पारित भएको विधेयकमा अध्यक्षले आवश्यक देखेमा विधेयकका दफाको सङ्ख्याको क्रम मिलाउन आवश्यक आनुषङ्गिक सुधार गर्न र अनायास हुन गएका त्रुटिहरु सच्याउन सक्नेछ । (२) उपनियम (१) बमोजिम आनुषङ्गिक सुधार भैसकेपछि विधेयक अध्यक्षले प्रमाणित गर्नेछ ।